FAQs Complain Problems

आर्थिक बर्ष २०७२/७३ को बार्षिक समीक्षा गोष्ठी

कार्यकारी अधिकृत तिर्थप्रसाद धिताल
समीक्षा बैठकमा सहभागीहरु
समीक्षा बैठकमा सहभागीहरु
विभिन्न कार्यहरु एवम् सेवा प्रवाह गरिएका सेवाको अवस्थाको विषयमा धनकुटा नगरपालिका कार्यालयका प्रबन्धक नुषराज श्रेष्ठ जानकारी दिनुहुदै ।

धनकुटा नगरपालिकाको आर्थिक बर्ष २०७२/७३ को बार्षिक समीक्षा गोष्ठी  मिति २०७३ साल भदौ २७ गते धनकुटा नगरपालिका हलमा सम्पन्न

धनकुटा नगरपालिकाको गत आर्थिक बर्ष २०७२/७३ मा सम्पन्न बार्षिक योजना, कार्यक्रम तथा बजेट एवम् नगरपालिका कार्यालयबाट सेवाको सन्दर्भमा बार्षिक समीक्षा गोष्ठी धनकुटा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्री तीर्थप्रसाद धितालको अध्यक्षतामा २०७३ साल भदौ २७ गतेका दिन धनकुटा नगरपालिका हलमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, अतिथिहरु निमित्त स्थानीय विकास अधिकारी प्रकास चौधरी, गणपति विनोद प्रसाद पोखरेल, प्रहरी उपरिक्षक बिभुतिराज पाण्डे, प्रहरी नायव उपरीक्षक धिरेन्द्र न्यौपाने, नगरस्तरीय राजनैतिकदलका प्रमुख एवम् प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका कार्यालय प्रमुख एवम् प्रतिनिधिहरु  लक्षीत क्षेत्रका प्रतिनिधिहरु, वडा नागरिकमञ्च, धनकुटा स्थित विभिन्न संचार माध्यमका प्रतिनिधिहरु, धनकुटा नगरपालिका कार्यालयका कर्मचारीहरु लगायत १०० जनाको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा धनकुटा नगरपालिकाले गत आर्थिक बर्षमा सम्पन्न गरेका विभिन्न कार्यहरु एवम् सेवा प्रवाह गरिएका सेवाको अवस्थाको विषयमा धनकुटा नगरपालिका कार्यालयका प्रबन्धक नुषराज श्रेष्ठले संक्षिप्त रुपमा विवरण प्रस्तुति गर्नु भयो । 
बार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायत सहभागिहरु ११ जनाले विभिन्न प्रकारका सुझाव, प्रतिकृया तथा जिज्ञासा राख्नु भयो । सुझाव प्रस्तुत गर्नु हुनेमा प्रमुख अतिथि प्रेमप्रकास उप्रेती, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष यज्ञबहादुर कार्की, सल्भ नेपालका प्रतिनिधि जयपूर्ण भुजेल, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि कोपिला शंकर, ब्लाष्ट टाईम्स दैनिकका प्रतिनिधि सन्तवीर लामा,  होटल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, धनकुटा नगरपालिका पदपूर्ति समितिका अध्यक्ष दामोदर दाहाल, वडा नागरिक मञ्च धनपा १ का संयोजक सिताराम तामाङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, ने.क.पा. माओवादी केन्द्रका प्रतिनिधि कुशुम श्रेष्ठले विभिन्न सुझाव तथा प्रतिक्रिया राख्नु भयो ।
समीक्षा गोष्ठीमा प्राप्त जिज्ञासा तथा सुझावहरुको सन्दर्भमा प्राप्त सुझाव र प्रतिक्रियालाई ग्रहण गर्दै थप स्पष्टता एवम् आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिवद्धताको विषयमा कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले मन्तव्य राख्नु भयो । राजश्व अधिकृत राजु गुरागाईले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागिहरुलाई सामाजिक परिचालक (ना.सु.) कृष्णप्रसाद भण्डारीले स्वागत गर्नु भयो भने कार्यक्रममा प्राप्त सुझाव तथा जिज्ञासाहरुको टिपोट खरिदार तेजबहादुर थापाले गर्नु भयो । दिनको १.०० बजे देखि संचालन भएको कार्यक्रममा विभिन्न २० वटा सुझावहरु प्राप्त भएको थियो ।

बार्षिक समीक्षा गोषठीमा प्राप्त सुचीकृत सुझावहरू

१. कतिपय सडक सार्वजनिक स्थल तथा गल्लीहरुमा फोहोरमैलाको व्यवस्थापन राम्रो नभएकाले सो क्षेत्रहरुको पहिचान गरी नियमित सरसफाईको व्यवस्था मिलाउने ।
२. धनकुटा  बजार क्षेत्रमा शहरी सुशासन कायम गर्न एवम् सामाजिक अपराधमा न्यूनिकरणका लागि सी.सी. क्यामेरा जडान गर्नु पर्ने । 
३. सघं संस्थाले भवन निर्माण गर्दा मापदण्ड मिचेर निर्माण कार्य गर्दै गरेको देखिएकाले नगर यातायात गुरु योजनामा उल्लेखित मापदण्डलाई थप प्रभावकारी रुपमा नियमन गरी नक्सापास गर्दा २ वटा विरुवा अनिवार्य रोप्ने कार्य  तदारुक्ता साथ लागु गर्नु पर्ने ।
४. पूर्वाधार विकास योजनामा नगद लागत सहभागिता रकम हटाई श्रमदानको व्यवहार लागू गर्नुपर्ने ।
५. यातायात व्यावसायीबाट यात्रुहरुलाई सम्मानजनक व्यवहार गरी यातायात सेवा दिन आवश्यक सहजीकरणको लागि सम्बद्ध पक्षबाट अनुगमन गर्नु पर्ने ।
६. सार्वजनकि सुनुवाईको प्रतिवेदनलाई वेभसाईटमा राख्ने एवम् सार्वजनिक सुनुवाई गर्दाको कार्यक्रमको भिडियो लाई आधुनिक माध्यमबाट सूचनाको लागि प्रशारण एवम् सूचना केन्द्रमा राख्ने व्यवस्था मिलाउने  ।
७. धनकुटा नगर खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेकाले यसलाई प्रभाकारी कार्यान्वयन एवम् अनुगमन गर्नु पर्ने ।
 ८. नगरको कतिपय क्षेत्रमा सडक वत्तिको व्यवस्था नभएकोले सो क्षेत्र लगायत सार्वजनिक गल्लीहरुमा पनि सडकबत्ति जडान गर्नु पर्ने । 
९. नगर क्षेत्रमा आधुनिक घर नम्बरीङ गर्नु पर्ने ।
१०. ध.न.पा ८ र ९ का गरिव तथा पिछाडी परेका महिलाहरुको जिवीकोपार्जनका लागि विशेष कार्यक्रम संचालन गर्नु पर्ने तथा दाउरा बेच्ने साना बालवच्चाहरुको हितका लागि त्यस्ता परिवारमा बैकल्पीक व्यवसायको संभावनाको खोजी गरी सहयोग गर्नु पर्ने ।
११. विपन्न वर्गहरुको पहिचान हुने गरी गरीब परिचय पत्र वितरण गरी सोही अनुसार गरीबी न्यूनीकरण गर्न विशेष कार्य योजना बनाई कार्यान्वयन गर्ने । 
१२. विकास निर्माणमा दिगोपना तथा संरक्षणका लागि साझेदारी तथा सहभागितामा अभिबृद्धि गर्ने ।

१३. यस वर्ष नगरपालिकाको प्रशासनिक खर्च १३ लाख घटाएकोले यस्तो राम्रो कुरा अन्य सरकारी कार्यालय सघंसस्थाहरुले पनि अबलम्बन गर्न प्रोत्साहित गर्नु पर्ने ।
१४ बजेटको कार्यान्वयन गर्दा विकास निर्माणको काम भई रहेको समयमै बेला बेलामा राजनैतिकदल र कार्यालयबाट बार्षिक कार्य तालिका बनाई अनुगमन गर्ने र योजनालाई राम्रो र दिगो बनाउन आ–आफ्नो तर्फबाट जिम्मेवारीपूर्ण रुपमा भूमिका निर्वाह गर्नु पर्ने ।
१५. आगामी दिनमा योजनाहरुको संख्या कम गरी र लगानी राम्रो संग हुने गरी छनौट गरी दिगो रुपमा सचालन गर्ने । 
१६.  योजना छनौट गर्दा शहरमुखी एवम् बजार केन्द्रीत विकास मात्र नभई गाँउ केन्द्रीत समेत गर्ने ।
१७. शहरी यातायात सुविधाका लागि नगर बस संचालन गर्नु पर्ने  ।
१८. नगरका प्रतिनिधीहरु राम्रो कार्य गर्न कठोर भएर सहासिक निर्णय र सोही अनुसार कार्य गर्नु पर्ने, आफ्नो कार्यकर्ता तथा नातेदार भनी कसैलाई आश्रय दिन नहुने ।
१९. नगर सुन्दर बनाउन अतिक्रमण गरेर बनाएका घर संरचनाहरु भत्काउन पर्ने जसमा सबैको जिम्मेवारी बोध हुनु पर्ने । 
२०. अन्य नगर भन्दा धनकुटा नगर राम्रो पनि छ अझ राम्रो गर्ने ठाँउहरु छन् सुधार गर्न सामुहिक रुपले लाग्नु पर्ने ।