FAQs Complain Problems

अपडेट

अनुदानमा एभोकाडोको बिरुवा उपलब्ध गराइने सुचना

मितिः२०७६÷०२÷०८

 

सूचना !                 सूचना ! !                सूचना ! ! !

 

यस कार्यालयको मिति २०७६÷२÷६ गतेको कार्यपालिका बैठकको निर्णयानुसार धनकुटा नगरपालिका क्षेत्रमा संचालन गरिने उन्नतजातको एभोकाडोको बिरुवा वितरण ( नपाको तर्फबाट प्रतिगोटा रु. १०० अनुदान ) कार्यक्रममा सहभागि हुन धनकुटा नगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्नुहुने इच्छुक कृषक समुह÷ कृषि सहकारी ÷ ब्यक्तिहरुले मिति २०७६ जेठ ३१ गते सम्म तपसिलमा उल्लेखित कागजातहरु संग्लन राखी तोकिएको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्पूर्ण नगरबासीहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल

१. माग गरिने एभोकाडोको विरुवा संख्या र सम्पर्क नम्बर स्पष्ट खुलेको निवेदन

२. इच्छुक कृषक समुह÷ कृषि सहकारी÷ निजी फर्मको प्रमाणपत्रको प्रतिलिपि

३. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

४. साझेदारी वापत कृषकले तिर्नुपर्ने रु. ५०।– (प्रतिगोटा) तिर्ने प्रतिबद्धता पत्र

५. वडा कार्यालयको सिफारिस पत्र

 

प्राप्त निवेदनको आधारमा अनुपातिक प्रणालीबाट लागत साझेदारी रकम धनकुटा नगरपालिकमा जम्मा गरिसकेपछि कार्यक्रमको आयोजना गरी विरुवा वितरण गरिनेछ ।

 

सुरेन्द्र थापा मगर

प्रमुख प्रशासकीय अधिकृत

Supporting Documents: