सूचना
कर्मचारी पदपुर्ति सम्बन्धि सूचना !!
धनकुटा नगरपालिका कार्यालयमा रिक्त रहेको स्वीकृत कर्मचारी दरवन्दी मध्ये स्थानीय स्वायत्त शासन नियमावली, २०५६ (संसोधनसहित) को नियम २१७ अनुसार देहायका रिक्त रहेका प्राविधिक पदहरुमा करार सेवामा पदपूर्ति गरिने भएकाले नियमावली अनुसार योग्यता पुगेका उम्मेद्धवारहरुलाई दरखास्त पेश गर्न सम्वन्धित सवैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।
निम्न ः
विज्ञापन नं. पद स्तर,तह सेवा संख्या फाराम भर्ने अन्तिम मिति परीक्षा किसिम अन्तरबार्ता मिति र समय
१÷०७२÷०७३ सब इन्जिनियर सहायकस्तर पाचौं तह प्राविधिक÷ इन्जिनियरिङ ÷सिभिल दुई २०७२ साल मंसिर १८ गते अन्तरवार्ता २०७२ मंसिर २० गते
विहान ९ बजे
२÷०७२÷०७३ अमिन सहायकस्तर चौंथोतह प्राविधिक एक २०७२ साल मंसिर १८ गते अन्तरवार्ता २०७२ मंसिर २० गते
विहान १० बजे
दरखास्त सहित पेश गर्नु पर्ने प्रमाणहरु
१.विज्ञापन न १÷०७२÷०७३ को लागि मान्यता प्राप्त शिक्षण संस्थावाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रविणता
प्रमाणपत्र तह उत्तिर्ण गरेको प्रमाणपत्रको प्रतिलिपी, विज्ञापन नं. २÷०७२÷०७३ को लागि मान्यता प्राप्त शिक्षण
संस्थावाट गणित विषय लिई एस.एल.सी वा सो सरह उत्तिर्ण गरी सर्भे वा जियोमेट्रिक्स विषयमा कम्तीमा एक
बर्षको तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
२. वुदा नं. १ मा उल्लेखित प्रमाणका प्रतिलिपीहरु निवेदकवाट प्रमाणित गरी संलग्न राख्नुपर्नेछ ।
३. सहायकस्तर पाचौको लागि रु ४००।०० र सहायकस्तर चौथोको लागि रु ३००।०० परीक्षा दस्तुर लाग्नेछ ।
४. लोकसेवा आयोगद्धारा निर्धारित फाराम भरी मिति २०७२ साल मंसिर १८ गते कार्यालय समय भित्र
धनकुटा नगरपालिका कार्यालयमा पेश गर्नुपर्नेछ ।
५. धनकुटा नगरपालिका कार्यालयमा बुझाएको परीक्षा दस्तुरको नगदी रसिद फाराम सहित पेश गर्नुपर्नेछ ।
थप जानकारीको लागि सम्पर्क नम्वर ०२६–५२०१४३ पदपूर्ति समितिको सचिवालय
धनकुटा नगरपालिका