निर्माणाधीन हिले-भिरगाउँ सडक सम्बन्धमा।
निर्माणाधीन हिले-भिरगाउँ सडक सम्बन्धमा।
निर्माणाधीन हिले-भिरगाउँ सडक सम्बन्धमा।
धनकुटा नगरपालिका वडा नं. १ हिले (षडेश्वर मन्दिर)-भिरगाउँ-मधुगंगा सडक विश्व बैंकको सहयोगमा धनकुटा नगरपालिकाले स्तरोन्नति कार्य गरिरहेको छ। यो सडक निर्माणको जिम्मा आशिष-आशीर्वाद-स्वामी नारायण जे.भी. ले पाएको हो। अन्तर्राष्ट्रिय बजारमा भएको असहजताका बावजुद वैशाख महिनामा बिटुमिन र पेट्रोलियम पदार्थको व्यवस्थापन गरी निर्माण व्यवसायीले प्राइमकोट गरिसक्ने बित्तिकै पानी पर्न सुरु भयो। केही समय पर्खेर निर्माण व्यवसायीले कालोपत्रेको काम सुरु गरेको थियो।
निर्माण कार्यमा प्राविधिक सहयोग गर्ने DSC र धनकुटा नगर कार्यपालिकाको कार्यालयबाट नियमित अनुगमन भइरहेकै अवस्थामा रानीवन क्षेत्रमा कालोपत्रे गर्ने काम पुग्दा त्यसभन्दा अगाडि गरेको कालोपत्रेमा जमिनको चिसोका कारण समस्या आउन सक्ने थाहा पाउनासाथ कार्यालयले काम रोक्न पत्र दिएको हो।
यसपछि सुरु स्थानदेखि रानीवनसम्मकै कालोपत्रेको नमुना कटिङ गरी पूर्वाञ्चल सिभिल इन्जिनियरिङ ल्याबोरेटरी प्रा.लि. कोशी-४ सुनसरीमा लगी परीक्षण गरिएकोमा परीक्षणबाट कमी देखिएका स्थानमा थप कालोपत्रे गर्ने, बिग्रिएको जति कटिङ गरी फ्याँकेर पुनः कालोपत्रे गर्ने कार्य गर्न निर्माण व्यवसायी तयार रहेको छ। सडकको यस्तो अवस्था कसरी भयो भनेर कालोपत्रे विज्ञ ल्याई निर्माण व्यवसायीले अध्ययन गराएको छ। विज्ञले दिएको सुझाव अनुसार काम गर्न आशिष-आशीर्वाद-स्वामी नारायण जे.भी. सहमत भएको व्यहोरा नगरवासी तथा सडकका सरोकारवालाहरू समक्ष अनुरोध गर्दछौँ।
सडकको कालोपत्रे गरिएको कामको नगरपालिकाले भुक्तानी गरेको छैन र सडक पूरा सम्पन्न नभएसम्म भुक्तानी पनि हुँदैन। नगरप्रमुखबाट निर्माण कार्यको शिलान्यास भएको हो, धनकुटा नगरपालिकाका प्रमुखबाट सडक उद्घाटन भएको छैन, काम नसकी उद्घाटन हुन पनि सक्दैन। बरसातको पानी हटेपछि बिग्रिएको सडकको खण्डमा पुनः काम गराई र बाँकी कालोपत्रे गर्ने काम सम्पन्न गरिसकेपछि मात्र निर्माण व्यवसायीलाई भुक्तानी दिने र सडक उद्घाटन गर्ने काम हुनेछ।
हाल उक्त सडकको पिच गर्ने काम सम्पन्न भएको छैन, निर्माणाधीन अवस्थामा नै रहेको छ। निर्माण व्यवसायीलाई पुनः मर्मत गराउने, बाँकी काम सम्पन्न गराउने तथा काम सम्पन्न भएको, भुक्तानी दिएको वा निर्माण व्यवसायीले काम छाडेको अवस्था नभएको व्यहोरा सबै सरोकारवालासमक्ष धनकुटा नगर कार्यपालिकाको कार्यालय जानकारी गराउँदछ।
...........................
दशरथ राई