“समृद्ध धनकुटा नगरको आधारः स्थानीय उत्पादन, खेलकुद, पर्यटन र पूर्वाधार”

header AD


नेपालमा रहेका विदेशी नागरिकले नेपालमा घटेका व्यक्तिगत घटना दर्ता गर्नु परेमा राहदानी वा राष्ट्रियता खुल्ने कागजात लगायत व्यक्तिगत घटना दर्ताका लागि आवश्यक अन्य कागज सहित आफू बसोबास गरेको स्थानमा घटना दर्ता गर्न सक्छन् । नेपालमा कुटनीतिक नियोग भएका मुलुकको नागरिक भए त्यस्तो नियोगको सिफारिस समेत आवश्यक पर्दछ ।

कुनै पनि व्यक्तिले झुट्टा विवरण पेश गरी दर्ताको प्रमाणपत्र लिएको पाईएमा वा प्रमाणित भएमा ऐनको दफा ४१ बमोजिम सजाय हुन्छ ।

व्यक्तिगत घटना दर्ता गर्ने व्यक्ति वा सूचकले सूचना फाराममा दिईएको विवरण सही रुपमा भर्नेआवश्यक कागजपत्र पेश गर्ने३५ दिनभित्रै घटना दर्ता गराउने र प्राप्त प्रमाणपत्रमा भएका विवरण सही रुपमा जाँच गरेर मात्र प्रमाणपत्र बुझ्ने जस्ता कार्य व्यक्तिको कर्तव्य अन्तर्गत पर्दछन्।

सबै प्रकारका व्यक्तिगत घटना दर्ता गराउँदा व्यक्तिलाई सूचना फाराम भर्न लगाउनेआवश्यक कागजपत्र माग गरी रुजु गर्नेनियमानुसार घटना दर्ता गर्नेअभिलेख राख्ने तथा प्रमाणपत्र जारी गर्ने दायित्व स्थानीय तह तथा वडा कार्यालयको हुन्छ।स्थानीय तहले घटना दर्ताको महत्वप्रक्रिया र विलम्ब शुल्कबारे पनि नागरिकलाई जानकारी गराउनु पर्छ।

व्यक्तिगत घटना दर्ताको अभिलेख फेला नपरेको वा नष्ट भएको अवस्थामा सो घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्र अन्यत्र कुनै निकायमा रहेमा सो को आधारमा अभिलेख खडा गरी प्रतिलिपि जारी गर्न सकिन्छ । वा सूचना फारामप्रमाणपत्र वा अन्य कुनै प्रमाण प्राप्त नभएमा व्यक्तिगत घटना दर्ताको नयाँ सूचना फाराम भर्न लगाई सूचना फाराममा सूचकलाई सनाखत गर्न लगाई सो को आधारमा अभिलेख खडा गरी प्रमाणपत्र जारी गर्न सकिन्छ।

सबै प्रकारका व्यक्तिगत घटना दर्ता गर्न सूचक आधिकारिक र जिम्मेवार हुनुपर्ने भएकाले सूचकको स्पष्ट परिचयउमेर र प्रमाणका रुपमा नागरिकता आवश्यक पर्छ।

जन्ममृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्नेऐन२०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गर्न मिल्दैन। यस्ता घटनाको हकमा व्यक्तिले सम्बन्धित वडामा गई वडाध्यक्षबाट घटना प्रमाणित गराउन सक्दछन्।

व्यक्तिगत घटना व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालय वा घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा ३५ दिनभित्र निःशुल्क वा त्यसपछि बिलम्ब शूल्क तिरी दर्ता गराउन सकिन्छ।

संघप्रदेश वा स्थानीय तह अन्तर्गतका सरकारी निकाय वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित सस्थाका वहालबाला कर्मचारीले बसाइँ सराइ बाहेक आफू सूचक भएर अन्य व्यक्तिगत घटना दर्ता गर्नुपर्ने भएमा कार्यालयको सिफारिसका आधारमा कार्यालय रहेको स्थानको वडा कार्यालयमा पनि घटना दर्ता गर्न सकिन्छ।

जन्म दर्ता

बाबु वा आमा 

निजहरुको अनुपस्थितीमा परिवारको अठार वर्ष पुगेको व्यक्ति

मृत्यु दर्ता

बाबुआमा, पति, पत्नी, छोरा वा छोरी र निजहरुको अनुपस्थितीमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्ति

विवाह दर्ता

पति पत्नी दुबै

सम्बन्ध विच्छेद दर्ता

सम्बन्ध विच्छेद भएका सम्बन्धित व्यक्ति मध्ये कुनै एक

बसाइँ सराइ दर्ता

परिवारको अठार वर्ष उमेर पुगेको व्यक्ति

प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने कार्य हो।

· व्यक्तिको पहिचानको कानूनी आधार भएकाले,

· सेवा प्राप्ती गर्ने कानूनी आधार भएकाले,

· राज्यको नीति निर्माण तथा योजना तर्जुमाकालागि तथ्यांक प्राप्त गर्ने आधार भएकाले ।