काठ लिलाम बढाबढको सूचना
काठ लिलाम बढाबढको सूचना
काठ लिलाम बढाबढको सूचना
सूचना प्रकाशन मिति - २०८३।4।१९
यस कार्यालयको परिसरमा रहेको काठ (मसला प्रजातीको) जे जस्तो अवस्थामा रहेको छ सोही अवस्थामा लिलाम बढाबढ प्रक्रियाबाट लिलाम बिक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको छ। इच्छुक व्यक्ति, फर्म, कम्पनी, संस्थाले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र वा २०८२।4।२५ दिनको १.०० बजे भित्रमा लिलाम बढाबढ सम्बन्धी खामबन्दी फारम भरी दर्ता गरिसक्नु पर्नेछ। सोही दिन दिनको 3.०० बजे पेश भएका खाम बढाबढ खोली बढाबढमा भाग लिने प्रतिनिधिको रोहवरमा गरिनेछ।
लिलाम बढाबढ हुने सामानको विवरण
|
क्र.स. |
लिलाम काठको विवरण |
सुरु खरिद मिति |
न्यूनतम मूल्य |
कैफियत |
|
१ |
मसलाको काठका टुनाहरु |
नखुलेको |
70,000/- (सत्तरी हजार मात्र) |
|
१. लिलाम बढाबढ हुने स्थान, समय, मिति: धनकुटा नगर कार्यपालिकाको कार्यालय, २०८२।4।२५ दिनको 3:०० बजे
२. बढाबढ हुने न्यूनतम मूल्य: रु ७०,०००/- (सतरी हजार मात्र)
३. लिलाम सकार्न डाँक बढाबढमा भाग लिन न्यूनतम अङ्कको ५% रु ३५००/- नगद धरौटी राख्नु पर्नेछ।
४. प्रत्येक पटक डाँक बोल्न चाहने व्यक्तिबाट डाँक बढाउँदै गएमा सोही अनुपातमा थप ५% (पाँच प्रतिशत) ले हुने गरी नगद धरौटी बुझाउँदै जानुपर्नेछ।
५. लिलाम बढाबढ हुने काठ हेर्न चाहने व्यक्ति वा संस्था, फर्म, कम्पनीले कार्यालय समय १०:०० बजे देखि १२:०० बजे सम्ममा खरिद तथा सम्पत्ति व्यवस्थापन उपशाखामा सम्पर्क गरी हेर्न सकिनेछ।
६. लिलाम सकार गरेको काठ सम्झौता भएको मितिले ३ (तीन) दिन भित्र उठाइसक्नु पर्नेछ।
७. लिलाम बढाबढ हुने दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्ट सोही समय र स्थानमा लिलाम बढाबढ हुनेछ।