सूची दर्ता सम्बन्धी सूचना ।
विषय : सूची दर्ता सम्बन्धी सूचना।
प्रकाशित मिति : २०८३/०४/०४
यस कार्यालयको लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने तपसिलमा उल्लेखित सेवा, सामान पटक पटक वा एक पटक खरिद गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता भएका सम्बन्धित इच्छुक फर्म /कम्पनी वा व्यक्तिले मिति २०८३ साल श्रावण मसान्त भित्र व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि, मु.अ.करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, नेपाली ना.प्र.प. को प्रतिलिपि, निवेदन तथा आ.व. २०८१/०८२ को कर चुक्ता भएको प्रमाण पत्रहरूको प्रतिलिपि संलग्न राखी कार्यालय समय भित्र एक वा सो भन्दा बढी कार्य गर्ने भए प्रत्येक कार्यका लागि छुट्टाछुट्टै सूची दर्ताका लागि आवेदन पेश गर्न इच्छुक सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
उपलब्ध गराउनु पर्ने सेवा, सामानहरु :
(१) स्टेशनरी, मसलन्द तथा विविध
(२) छपाई सम्बन्धी कार्य
(३) फर्निचर आपूर्ति तथा मर्मत कार्य
(४) विद्युतीय सामान खरिद तथा मर्मत कार्य
(५) कम्प्युटर, प्रिन्टर, टोनर रिफिल, इलेक्ट्रोनिक सामान, सिसि क्यामेरा तथा पार्टसहरूको आपूर्ति तथा मर्मत कार्य
(६) सवारी साधनको पार्ट आपूर्ति सर्भिसिङ तथा मर्मत कार्य
(७) निर्माण सम्बन्धी कार्य
(८) अन्य विभिन्न सामान आपूर्ति सम्बन्धी कार्य
(९) झ्याल, ढोका तथा अन्य मर्मत सम्बन्धी कार्य
(१०) कम्प्युटर सम्बन्धी परामर्श सेवा
(११) सीप विकास तालिम लगायतका तालिम सञ्चालन
(१२) अनुसन्धानमूलक कार्य
(१३) विविध