कार्यपालिकाका निर्णयहरु मिति २०८३।०५।२९

कार्यपालिकाका निर्णयहरु मिति २०८३।०५।२९

आज मिति २०८३ साल भाद्र २९ गते सोमबारका दिन बिहान ७:३० बजे धनकुटा नगरपालिकाका प्रमुख श्री चिन्तन तामाङज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको पैंतालिसौं बैठकमा देहाय अनुसार उपस्थित भयो ।

उपस्थिति

क्र.सं.

पद

नाम, थर

हस्ताक्षर

१.

प्रमुख

श्री चिन्तन तामाङ

उपस्थित

२.

उपप्रमुख

श्री भिमादेवी खनाल

३.

वडाध्यक्ष

श्री ‌ओङद तामाङ

उपस्थित

४.

वडाध्यक्ष

श्री चन्द्रलाल तामाङ

५.

वडाध्यक्ष

श्री विकास घिमिरे

६.

वडाध्यक्ष

श्री जम्सेर राई

उपस्थित

७.

वडाध्यक्ष

श्री धनकुमार राई (आठपहरिया)

उपस्थित

८.

वडाध्यक्ष

श्री मिलनकुमार खड्गी

उपस्थित

९.

वडाध्यक्ष

श्री रोशेष श्रेष्ठ

उपस्थित

१०.

वडाध्यक्ष

श्री रसबहादुर राई

उपस्थित

११.

वडाध्यक्ष

श्री टंकप्रसाद रोइला

उपस्थित

१२.

वडाध्यक्ष

श्री नगेन्द्र पाण्डे

१३.

कार्यपालिका सदस्य

श्री सुरेन्द्र आठपहरिया

१४.

कार्यपालिका सदस्य

श्री दिलकुमार राई

उपस्थित

१५.

कार्यपालिका सदस्य

श्री भोगेन्द्र कुमार आठपहरिया

१६.

कार्यपालिका सदस्य

श्री मञ्जु कार्की

१७.

कार्यपालिका सदस्य

श्री ज्ञानु राई

उपस्थित

१८.

कार्यपालिका सदस्य

श्री कृष्णमाया श्रेष्ठ

उपस्थित

१९.

कार्यपालिका सदस्य

श्री रेजिना हिङमाङ

उपस्थित

२०.

कार्यपालिका सदस्य

श्री मनकला लङवा लिम्बु

२१.

प्रमुख प्रशासकीय अधिकृत

श्री दशरथ राई

उपस्थित

शाखा प्रमुख

क्र.सं.

पद

नाम, थर

हस्ताक्षर

१.

लेखा अधिकृत

श्री नरबहादुर भुजेल

२.

बरिष्ठ शिक्षा अधिकृत

श्री रमेश प्रसाद दाहाल

३.

सिनियर इन्जिनियर

श्री मिङ्मा दोर्जी शेर्पा

उपस्थित

४.

सामाजिक विकास अधिकृत

श्री राजु गुरागाईं

५.

आर्थिक विकास अधिकृत

श्री विकास अधिकारी

उपस्थित

६.

प्रशासनय योजना अनुगमन शाखा

श्री विकाराम राई

उपस्थित

प्रस्ताव तथा निर्णयहरू

निर्णय नं. १

मिति २०८३।०४।२९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट भएका देहायका निर्णयहरूको बारेमा समीक्षात्मक छलफल गरियो ।

१.१ निम्न कार्यविधिहरू राजपत्रमा प्रकाशन भएको

क. हात स्वच्छता कार्यविधि, २०८३

ख. खुला दिसा मुक्त अवस्थाको दिगोपना सम्बन्धी कार्यविधि, २०८३

ग. खानेपानी गुणस्तर अनुगमन कार्यविधि, २०८३

घ. फोहरमैला केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

ङ. धनकुटा नगरपालिकाको सोझै खरिद सम्बन्धी कार्यसञ्चालन कार्यविधि,२०८३

१.२ निम्न ऐनहरू स्वीकृत भएको ।

क. धनकुटा नगरपालिकाको सिंचाइ ऐन, २०८३

ख. धनकुटा नगरपालिका न्यायिक समिति व्यवस्थापन कार्यविधि ऐन, २०८३

१.३ अधिकृतस्तर आठौं, शाखा अधिकृत पदको पदनाम बरिष्ठ शाखा अधिकृत (अधिकृतस्तर आठौं) हुने प्रावधान कार्यान्वय भएको ।

१.४ राजश्व परामर्श समितिको मिति २०८३।०४।१८ को बैठकबाट निर्णय भई कार्यपालिकाको बैठकमा पेश भएको आ.व. ०८३।०८४ को विज्ञापन कर ठेक्काको न्यूनतम अङ्क रु. ५,००,०००।-(पाँच लाख) कायम गरी ठेक्का बन्दोबस्त गर्ने प्रक्रिया अगाडि बढाइएको ।

१.५ आ.व. ०८२।०८३ को वास्तविक आय रु.४,१८,८५,१६८.५४ ( प्रस्तावित आय रु. ४,२०,७५,०००।- को ९६.२९ प्रतिशत) भएको जानकारी गराइएको।

१.६ राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन अनुमोदन गरेको।

१.७ १८ औं नगरसभाको दोस्रो बैठकबाट आ.व.०८३।०८४ को लागि स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि तयार भएको वार्षिक खरिद योजना,२०८३ स्वीकृत भएको।

१.८ धान, मकै, गहुँको बीउ ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराउने निर्णय कार्यान्वयनमा रहेको।

१.९ आ.व.०८३।०८४ को नगर दररेट स्वीकृत गरी कार्यान्वयनमा रहेको ।

१.१० ध.न.पा. १० स्थित पात्लेखोला-डुम्रेसान्ने - उत्तरपानी सडक स्तरोन्नती गर्ने कार्यलाई २ तर्फबाट सडक स्तरोन्नती गर्नका लागि (उत्तरपानी डुम्रेसान्ने खण्ड र पात्लेखोला डुम्रेसान्ने खण्ड) २ वटा ठेक्का बन्दोबस्त गर्ने काम अगाडि बढाइएको ।

१.११ धनकुटा नगरपालिकाको अठारौं नगर सभाको दोस्रो बैठकबाट आ.व.०८३।०८४ का लागि स्वीकृत कार्यक्रम सञ्चालन गर्नका लागि वार्षिक कार्यान्वयन कार्ययोजना स्वीकृत भएको ।

निर्णय नं. २

स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, २०८२ को दफा १४ (१) वमोजिम स्वमूल्याङ्कन समन्वय समितिले पेश गरेको आ.व. ०८२।०८३ को प्रारम्भिक प्रतिवेदन उपर सम्बन्धित विषय क्षेत्रको सूचकको निम्न अनुसारको प्राराम्भिक नतिजा बैठकमा पेश भई छलफल भयो ।उक्त प्रारम्भिक नतिजा पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरियो ।

निम्न

प्रारम्भिक नतिजा (आ.व.०८२।०८३)

क्र.सं.

विषय क्षेत्र

कुल अङ्क भार

प्राप्ताङ्क

प्राप्ताङ्क प्रतिशत

१.

सुशासन तथा संस्थागत क्षमता विकास

४०

३५.४

८८.५

२.

सामाजिक विकास

२०

१६.७

८३.६

३.

आर्थिक विकास

२०

१८.८

९३.८

५.

पूर्वाधार विकास

१०

७.९

७९.१

६.

वन, वातावरण तथा विपद व्यवस्थापन

१०

८.२

८२.२

कुल जम्मा

१००

८७.०

८७.०

निर्णय नं. ३

नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत यस धनकुटा नगरपालिकामा सञ्चालनमा रहेको हिले (षडेश्वर मन्दिर) -भीरगाउँ-मधुगंगा सडक आयोजनाको काम ९५ प्रतिशत भौतिक प्रगति र ९१ प्रतिशत वित्तीय प्रगति भई सकेको छ । सडकको ९०० मिटर आस्फाल्ट कालोपत्रे गर्ने काम, सडक सौन्दर्यकरणको काम र क्याच पिटमा रेलिङ्ग लगाउने काम बाँकी रहेकोमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि, बिटुमिन अभाव जस्ता कारणले निर्माण व्यवसायीले समयमा कार्य सम्पन्न गर्न सकेन । कार्यालयले आस्फाल्टका लागि चाहिने सामान व्यवस्थापन गरिदिएर कार्य अगाडि बढाउन लगाए पनि बर्षादको समय भएकोले कामले उल्लेख्य गति लिन सकेन । बर्षादको समय भएकोले आसफाल्ट गरिएको स्थानमा पनि करिब ४०० मिटर सडकमा समस्या आएकोले बर्षाद बन्द नभएसम्मका लागि निर्माण व्यवसायीले काम गरेको छैन ।उक्त ठेक्काको म्याद २०८३ असार १६ गतेसम्म भएकोमा यिनै विविध कारणले थप भएको म्याद भित्र पनि काम नसकिने भएकोले २०८३ भदौ ७ गतेसम्म म्याद थपको सहमतिका लागि २०८३ असार २९ गतेको कार्यपालिकाको बैठकको निर्णय सहित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना, आयोजना कार्यान्वयन इकाई, बबरमहल, काठमाडौंमा अनुरोध गरिएकोमा म्याद थपको सहमती प्राप्त हुन नआएको हुँदा नगर कार्यपालिकाको कार्याललयलाई निर्माण व्यवसायीसँग भएको सम्झौताको म्याद मिति २०८३ साल असोज मसान्त सम्म थपगरी काम लगाउने निर्णय गरियो ।

निर्णय नं. ४

गत आ.व. ०८२।०८३ मा सडक वोर्ड साझेदारी कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिका वडा नं. १,४,५,६ र ७ भित्रका शहरी सडकहरू मर्मत गर्ने कार्यको लागि घेदुङ निर्माण सेवासँग ठेक्का सम्झौता भएको । निर्माण व्यवसायीले विटुमिन लगायतका आवश्यक सामानहरूको मूल्य बृद्धि भएको कारण जनाइ ठेक्का समयमा सम्पन्न गर्न नसकिने भएकोले ठेक्का सम्झौताको म्याद थप गरिदिन निवेदन दिएकोमा म्याद थपको सहमति उपलब्ध गराउन सडक वोर्ड नेपालमा अनुरोध गरिएको । सडक बोर्ड नेपालको प.सं. ०८३।०८४, च.नं.७९, मिति २०८३।०५।०४ को पत्रबाट आ.व. ०८२।०८३ मा स्थानीय तहहरू तर्फ नियमित रूपमा विनियोजित बजेट वोर्डबाट सहमति प्रदान गरिएका वार्षिक कार्यक्रम/ संशोधित वार्षिक कार्यक्रमहरू कार्य सम्पन्न गर्न समयावधि २०८३ साल पौषमसान्त सम्म थप गर्न जानकारी प्राप्त भएकोले आवश्य प्रक्रिया पुर्याइ निर्माण व्यवसायीसँग भएको ठेक्काको सम्झौताको अवधि २०८३ साल पौष मसान्त सम्म थप गर्ने निर्णय गरियो ।

निर्णय नं. ५

धनकुटा नगरपालिका वडा नं. १ मा रहेको हिले पार्क निर्माण गर्नको लागि निर्माण व्यवसायी शाही कन्स्ट्रक्शन धनकुटासँग गत आ.व. ०८२।०८३ मा ठेक्का सम्झौता भइ निर्माण कार्य भइ रहेको अवस्थामा बर्षाद्को समय शुरु भएको , ढुङ्गा गिट्टी बालुवाको समयमा उपलब्ध हुन नसक्ने कारण जनाइ निर्माण व्यवसायीले १०० दिनको म्याद थप गरिदिन मिति २०८३।०३।२६ मा निवेदन दिएकोले उक्त योजनाको ठेक्का सम्झौताको अवधि २०८३ साल असोज मसान्त सम्म थप गरि काम गराउने निर्णय गरियो ।


निर्णय नं. ६

धनकुटा नगरपालिका वडा नं. ६ र ९ मा रहेको फङ्सुवाखोला, धनकुटेखोला, रुदुवाखोला, पात्लेखोलाको कन्सल्टेन्सीबाट प्रारम्भिक वातावरणीय परीक्षण (IEE) तयार भई प्राप्त भएकोले उक्त कन्सल्टेन्सीबाट प्राप्त प्रारम्भिक वातावरणीय परीक्षण (IEE) स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. ७

धनकुटा नगरपालिकाले कार्यान्वयन गरिरहेको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजना अन्तर्गत लैङ्गिक हिंसा निवारणका गतिविधिलाई समुदायसम्म सहज विस्तार र संचालन गर्न देहाय अनुसारका कार्यहरूको प्रक्रिया अगाडी बढाउन परियोजना कार्यान्वयन ईकाई (PIU) लाई जिम्मेवारी दिने निर्णय गरियो ।

  • आवश्यक अध्ययन गरी थप १ स्थानमा महिला तथा किशोरीमैत्री सूरक्षित स्थान (Safe Space) स्थापना गरी संचालनमा ल्याउने ।
  • परियोजना कार्यान्वयन ईकाई अन्तर्गत रही कार्य गर्ने गरी तथ्याङ्क विज्ञ पद संख्या १ र केश वर्कर पद संख्या १ को पदपुर्ती गर्ने ।
  • धनकुटा नगरपालिकाको लैङ्गिक समानता र सामाजिक समावेशीकरण परीक्षण कार्यविधिको मस्यौदा तयारी गर्ने


निर्णय नं. ८

धनकुटा नगर कार्यपालिकाको कार्यालयको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दरबन्दी तेरिज स्वीकृत भएको र हाल धनकुटा नगर कार्यपालिकाले आफ्नै व्यवस्थापन संरक्षण O&M गरि दरबन्दी संरचना तयार गरि काम गरिरहेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वैक्षण सम्बन्दी राष्ट्रिय मापदण्ड २०८२ लागू गरी सकेको हुँदा उक्त मापदण्डको दफा १२ (२) मा स्थानीय तहले तयार पारेको सर्वेक्षण प्रतिवेदन वमोजिमको संगठन संरचना र दरबन्दि तेरिज स्वीकृतीका लागि सभामा पेश गर्नु पूर्व मूल्याङ्कनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ । स्थानीय तहबाट तयार भएको प्रतिवेदन वमोजिमको संगठन संरचना र दरबन्दी तेरिज मूल्याङ्कनका लागि आवश्यक कागजात संलग्न राखी पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश, विराटनगरको प.सं. ०८२।०८३, च.नं. शा.सु.ई. २७४०, मिति २०८३।०३।११ को पत्रबाट पत्राचार भई आएकोले उक्त मापदण्डमा भएको व्यवस्था अनुसारको संगठन संरचना र दरबन्दी तेरिज तयार गर्ने निर्णय
गरियो ।

निर्णय नं. ९

धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको सामुदायिक भवनमा विभिन्न कार्यक्रम आयोजना गर्न प्रयोगको लागि संघ संस्थाबाट अनुमति माग भइ आएमा उक्त संघ संस्थालाई प्रति दिन भवन प्रयोग गरे वापत रु. ५,०००।-(पाँच हजार) सेवा शुल्क लिने निर्णय गरियो ।

निर्णय नं. १०

२०८३ साल भाद्र १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको भिषण बाढीबाट भएको ठूलो जनधनको क्षति भएको छ । उक्त विपदमा राहत तथा पुनर्स्थापना कार्यको लागि महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक तथा आर्थिक प्रशासन शाखाको च.नं. १७७, मिति २०८३।०५।१६ को पत्रमा उल्लेख भए अनुसार नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरू, सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरूबाट मासिक सुरु स्केलले हुन आउने रकम ( श्रेणी विहिन कर्मचारीबाट २ दिन, सहायकस्तर कर्मचारीबाट ५ दिन र अधिकृतस्तर छैठौं देखि उपसचिव सम्म ७ दिन) र नगरपालिकाका प्रमुख, उप्रमुख, वडाध्यक्षलगायत कार्यपालिका सदस्यबाट १० दिनले हुन आउने रकम कट्टा गरी प्रधानमन्त्री देवी उद्दार कोषमा जम्मा गर्ने निर्णय गरियो ।

निर्णय नं. ११

धनकुटा नगरपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ को दफा २ बमोजिम नयाँ दर्ता भएका निम्न निर्माण व्यवसायीहरूको निर्माण व्यवसायी इजाजत पत्र अनुमोदन गर्ने निर्णय गरियो ।

निम्न

इजाजत प्रमाण पत्र नं.

फर्मको नाम, ठेगाना

प्रोपाइटरको नाम

जारी मिति

/०८३/०८४

बि.एस.कन्स्ट्रक्शन, ध.न.पा. ७

निवेदीता पोदार

२०८३।०५।०८

/०८३/०८४

दर्शन कन्स्ट्रक्शन, ध.न.पा. ४

अमिर के.सी. खत्री

२०८३।०५।१०