सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

सामाजिक सुरक्षा ऐन २०७५ बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीहरूले सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, 2082 को नियम (९), सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को नियम (7) तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्यक र सामाजिक सुरक्षा मन्त्रालयको मितिः 2083/04/01 चलानी नम्बर 3 अनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि २०८३ श्रावण १ गते देखी असोज मसान्त सम्म आ-आफ्नो वडामा उपस्थित भई तोकिएको ढाँचामा निवेदन दिई अनिवार्य रुपमा आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको र लाभग्राही स्वयं उपस्थित भई राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान बायोमेट्रिक डिभाइस मार्फत Verification गरी नवीकरण हुने भएकोले तोकिएको समयमा लाभग्राही स्वयं उपस्थित भइ परिचयपत्र नवीकरण गराउनुहुन अनुरोध छ ।

नविकरण नगराएमा MIS प्रणालीबाट स्वतः लाभग्राहीको नाम हट्नेछ र त्यस्ता लाभग्राहीले पुनः सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम नयाँ लाभग्राही सरह आवेदन दिई नाम दर्ता गर्नुपर्नेछ त्यस्ता लाभग्राहीको सो बीचको अवधिको भत्ता बापतको रकम प्राप्त नहुने व्यहोरा समेत जानकारी गराइन्छ।

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आउँदा ल्याउनुपर्ने कागजातहरू :-

नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

  • सामाजिक सुरक्षा भत्ता परिचय पत्र,
  • राष्ट्रिय परिचयपत्र (बालबालिका,आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र नब्बे वर्ष माथिका जेष्ठ नागरिक बाहेक अरु सबैमा अनिवार्य)
  • अपाङ्गता भएका हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि,
  • विधवा महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको प्रमाणित सिफारिस पत्र ।
  • बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि साथै संरक्षकको नेपाली नागरिकता प्रमाणपत्र र संरक्षकको राष्ट्रिय परिचय पत्र ।
  • संरक्षक मार्फतको निवेदनमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, 2082 को अनुसूची-2 बमोजिमको सिफारिस पत्र सहित संरक्षकको नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि ।

नोटः सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि,2082 को दफा 5 बमोजिम सोह्र वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र नब्बे वर्ष माथिका जेष्ठ नागरिकहरुलाई लाभग्राहीमा सूचिकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने छैन ।)

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 नविकरण ५ साउन, २०८३ JPG