सार्वजनिक सूचना ।

सार्वजनिक सूचना ।

सार्वजनिक सूचना

"धनकुटाका सबै कुकुर पाल्नेहरूले बेलुका बाटोमा लगेर कुकुरको दिशा गराउने र नगरपालिकाले सडक बत्ती पर्याप्त जडान नगरेकाले बटुवाहरूको चप्पल/जुत्तामा लागेको र संक्रमण हुने गरेको । यसमा कारवाही होस् । कुकुरधनीहरूलाई कारवाही गरियोस् ।"

भनी गुनासो प्राप्त भएकोले माथि उल्लिखित कार्य गर्ने/गराउने महानुभावहरूले सो कार्य नगर्न/नगराउनु हुन अनुरोध गरिन्छ । साथै, यस नगरपालिकाले ६८ टोलवस्तीहरूको ५० प्रतिशत साझेदारीमा सडक बत्तीको व्यवस्थापन गरिरहेको तथा थप सडकबत्तीको माग नभएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । धन्यवाद ।