धनकुटा नगरपालिकाको आ.व. २०८३/०८४ को लागि वार्षिक आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) शिलबन्दी बोलपत्र ठेक्का सम्बन्धि सूचना

बोलपत्रको सूचना

धनकुटा नगरपालिकाको आ.व. २०८३/०८४ को लागि वार्षिक आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) शिलबन्दी बोलपत्र ठेक्का सम्बन्धि सूचना

दोश्रो पटक सूचना प्रकाशित मिति : २०८३/०३/२२

धनकुटा नगरपालिका अन्तर्गतका तपशिलका आय ठेक्काहरुको आ.व. २०८३/०८४ को वार्षिक ठेक्का बन्दोबस्त शिलबन्दी बोलपत्र आव्हान प्रक्रिया द्वारा गरिने भएको हुँदा ईच्छुक व्यक्ति / संस्थाहरुले तलशिलका सर्तहरुको अधिनमा रहि धनकुटा नगर कार्यपालिकाको कार्यालयमा तोकिएको समयभित्र छुट्टा छुट्टै शिलबन्दी सम्बन्धि बोलपत्र फाराम दाखिला गर्नुहुन अनुरोध छ ।

तपशिल: १. ठेक्काको विवरण: धनकुटा क्षेत्रभित्र कवाड संकलन गर्ने ठेक्का २. न्यूनतम मासिक ठेक्का अंक रु.: १,२०,०००/- (एक लाख बीस हजार मात्र) मू.अ.कर बाहेक ३. बोलपत्र फाराम दस्तूर: रु. ५००/- (पाँच सय मात्र) ४. बोलपत्र फाराम खरिद गर्ने अन्तिम मिति: २०८३/०३/२८ गते दिनको १.० बजेसम्म ५. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मिति: २०८३/०३/२९ गते दिनको १.० बजेसम्म ६. बोलपत्र शुरु हुने मिति: २०८३/०३/२९ गते दिनको २.० बजे पछि

शर्तहरू : १) बोलपत्र साथ आफूले सकार गरेको वार्षिक ठेक्का रकमको ५ प्रतिशतले हुन आउने रकम धरौटी बापत धनकुटा न.पा. को रा.वा. बैंक धनकुटामा रहेको धरौटी खाता नं. २०१००३०३०००००२ मा जम्मा गरेको सक्कलै बैंक भौचर संलग्न गर्नू पर्नेछ । २) बोलपत्र साथ बोलपत्रदाताको नेपाली नागरिकताको प्रतिलिपी र संघसंस्था भएमा संस्था दर्ता र करचुक्ता प्रमाणपत्रको प्रमाणित कागजात अनिवार्य संलग्न गर्नू पर्नेछ । ३) प्रत्येक ठेक्काको लागि तोकिएको बोलपत्र फाराम दस्तूर (फिर्ता नहुने गरी) बुझाई ध.न.पा. कार्यालय, राजश्व उपशाखाबाट कार्यालय समयभित्र खरिद गर्न सकिनेछ । ४) म्याद नाढी आएको वा रीत नपुगेको बोलपत्र फाराम उपर कारवाही हुने छैन । ५) बोलपत्र स्वीकृत गर्ने नगर्ने सर्वाधिकार नगर कार्यपालिकामा सुरक्षित रहनेछ । ६) दर्ता भएका बोलपत्र नियमानुसार स्वीकृत हुँदा बोलपत्रदाताले स्वीकृत ठेक्का रकम एकमूष्ट अग्रिम रुपमा बुझाउदा कूल ठेक्का रकमको १० (दश) प्रतिशत रकम छुट दिइनेछ भने परफरमेन्स वण्ड पेश भएमा किस्तामा ठेक्का बुझाउन सकिने छ । ७) अन्य थप जानकारीका लागि राजश्व प्रशासन उपशाखामा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ । सम्पर्क नं. ०२६५२२२६९ वा ९८५२०५१५८७

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Image २६ असार, २०८३ JPG