FAQs Complain Problems

वडा नम्बर ६

धनकुटा नगरपालिका वडा न. ६ गाउ र बजारको मिक्षण भएको वडा हो | यो गत वर्षबाट बिगतको वडा न. ३ र ६ मिलाएर बनेको हो | जिल्लाकै केन्द्रको रुपमा रहेको वडा भएकाले यस वडाले धनकुटाको नै पहिचान दिनसक्छ | बिगतमा ९० प्रतिशत भन्दा माथि नेवार जातिको मात्र बसोबास रहेको यस वडामा हाल आएर वडा न. ३ गाभिएसगै यहाको जातजाति, गाउ बजार, शहरी व्यापारिक र कृषि क्षेत्र लगायत सामाजिक, आर्थिक, भौगोलिक र विकासको अवस्थामा समेत विविधता आएको छ | 

  • जनसंख्या विवरण
    जम्मा घरपरिवार संख्या : १३६३
    जम्मा जनसंख्या : ४९६२ (महिला - २४७१, पुरुष - २४९१)
  • शिक्षा
    साक्षरता - ८३.७०%         
    आधारभूत विद्यालय - ४ 
     माध्यमिक विद्यालय - ३
    क्याम्पस - १
    प्राविधिक विद्यालय - १ 
    वालक्लब - ७
  • बिद्यालय
    गोकुन्डेश्वर मा.वि (सामुदायिक) 
    बालसंसार मा.वि (संस्थागत)
    दीप इंग्लिस मा.वि (संस्थागत)
    सिंहदेवी प्रा.वि (सामुदायिक') 
    बागेश्वरी प्रा.वि (सामुदायिक)
    आत्मारा प्रा.वि (सामुदायिक)
    निशान एकेडेमी (संस्थागत)
    धनकुटा इन्स्टीच्युट अफ हेल्थ साइन्स (संस्थागत)
  • सरकारी तथा गैससका कार्यालयहरु
    जिल्ला प्रहरी कार्यालय
    धनकुटा बहुमूखी क्याम्पस
    नेपाल टेलिकम कार्यालय
    रामप्रसाद पोखरेल आखा अस्पताल
    कृषि विकास बैंक
    राष्ट्रिय वाणिज्य बैंक
    धनकुटा उद्योग वाणिज्य संघ
    कर्मचारी संचय कोष
    कोशी अंचल आयुर्वेद औषधालय
    सोल्भ नेपाल, लघुवित्त कार्यक्रम
    धनकुटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति
    फोहोरमैला व्यवस्थापन केन्द्र धनपा
    जिल्ला हुलाक काउन्टर
    महिला सशक्तीकरण सहयोग समूह 
    सामूदायिक विकास मंच नेपाल
Nepali
Population: 
४९६२
Ward Contact Number: 
०२६-५२०६६८