FAQs Complain Problems

आर्थिक वर्ष २०७३/०७४ को बार्षिक बजेट,नीति तथा कार्यक्रम सार्वजनिकीकरण

आज मिति २०७२/९/३० गते बिहिबार बिहान ११:३० बजे, धनकुटा नगरपालिकाले चौबिसौ नगर परिषदबाट पारित आर्थिक वर्ष २०७३/०७४ को बार्षिक बजेट,नीति तथा कार्यक्रम एक भब्य कार्यक्रमका बिच सार्वजनिकीकरण गरेको छ | कार्यक्रममा
प्रमुख अतिथि माननीय सांसद तथा पूर्व मन्त्री सुनिल बहादुर थापा, विशिष्ट अतिथि माननीय सांसद अञ्जना ताम्ली, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विषयगत सरकारी कार्यालयका प्रमुख, राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैर सरकारी एवं निजी क्षेत्रका संघ संस्थाका प्रमुख, नागरिक समाजका प्रमुख व्यक्तित्वहरु, पूर्व जनप्रतिनिधी, विभिन्न विषयगत समितिका पदाधिकारी, वडा नागरिक मञ्चका संयोजक, संचारकर्मी, कार्यालय कर्मचारी, सामाजिक परिचालकको उपस्थिति रहेको थियो |
धनकुटा नगरपालिकाको २४औं नगरपरिषद् बैठकवाट स्वीकृत आर्थिक बर्ष २०७३/०७४ को बार्षिक योजना, कार्यक्रम तथा बजेट कार्यक्रमका प्रमुख तथा कार्यकारी अधिकृत श्री तीर्थप्रसाद धितालज्युवाट प्रस्तुत भएको थियो |